सिजीको इलेक्ट्रोनिक मल्टिब्राण्ड शोरुम पोखरामा
पाेखरा | बैशाख ११, २०८०
पोखरा: प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सिजी डिजिटलको २२ औं शाखा पोखरामा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सी जी डिजिटलको २२ औ शाखा अर्चलबोट चोकमा शुरु गरेको हो ।
उक्त शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।
सिजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु उपलव्ध छन् । एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामाग्रीहरु रहेका छन् ।
कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष प्रधानाङगले पोखराको पूरानो बजारमा बजार बिस्तारको चरण चलिरहेको बेलामा सिजी कम्पनी आउनुले व्यवसायीक फड्को मारेको बताए । पूराना मठ तथा मन्दीर, विन्दवासिनी मन्दीर लगायत कला र सस्कृतिले भरिएको क्षेत्रमा व्यवसायीक चहलपहल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सो अवसरमा प्रधानाङ्गले धार्मिक, सामाजिक, सांस्कृत रुपले महत्व बोकेको क्षेत्रमा आएकोमा बधाई दिदैं सामाजिक उत्तरदाीत्वका क्षेत्रमा कम्पनीले सहयोगको हात बढाउने विश्वास व्यक्त गरे । उनले वडाको तर्फबाट गर्न सकिने सहयोग गर्नका लागि प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले पोखराको स्थानीय बजारमा आफ्ना गुणस्तरिय समानहरुको शोरुम तथा सुपथ मूल्यमा बिक्रि वितरणका लागि आफुहरु आएको बताए । उनले भने, ग्राहकले अन्तरास्ट्रिय स्तरको सेवा पाउनु हुन्छ । उहाँहरुलाई सही सहजिकरण पनि हुने उदेश्यले शोरुम संचालन गरिएको बताए ।
सिजीका नुडल्सतर्फ सेल्सलाई हेर्ने सुनिल कुमार सुवेदी तथा पोखरा शाखाका शोरुम म्यानेजर सुमन घिसिङले सम्पूर्ण विद्युतीय सामानहरु, होम एप्लाईन्सेस देखि उच्च मूल्यका सामान रहेको बताए । टिभिमा १९, २० हजार देखि रुपैयाँ १० लाखसम्म मूल्यका रहेको जानकारी दिए ।
आईतबारबाट औपचारिक रुपमा शुरु भएको शोरुम हप्ताको सातै दिन बिहान १०.०० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला हुनेछ ।
सिजी प्लाजा को पहिलो तलामा शोेरुम आकर्षक ढंगले सजाईएको छ । शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको बताईएको छ । पाँचवटा किस्ताबन्दिको सुविधा र आकर्षक फ्री गिफ्टहरु रहेका छन् । कम्पनीले सी जी डिटल शोरुम पोखराकै ठूलो र भब्य भएको दाबि गरेको छ ।
सिजी डिजिटलले नेपालको केन्द्रीय राजधानी काठमाडौं लगायत बिराटनगर, इटहरी, हेटौडा र भरतपुरमा पनि शाखा संचालन गरिसकेको जानकारी दिएको छ । पोखरामा खुलेसंगै कम्पनीका शाखाहरुको संख्या २२ पुगेको छ । कम्पनीले आगामी दिनहरुमा देशका अन्य स्थानमा पनि आफ्ना शाखाहरु बिस्तारको लक्ष्य लिएको जानकारी दिएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै ...

